साधक

वि. [सं.]

  1. तप, मन्त्र, साधना आदिद्वारा कुनै कुरा सिद्ध गर्ने।
  2. कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने।
  3. भूतप्रेत आदिलाई मन्त्रद्वारा आफ्नो वशमा पार्ने।
  4. इन्द्रजाली।
  5. झाँक्री; धामी।
  6. तपस्वी; योगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)