साधसोध
ना. [साध्+सोध्]
- आफूले निश्चय गर्न अडबड परेका कुरामा मातहत अड्डा वा कर्मचारीले तालुक अड्डा वा माथिल्ला अधिकारीमा पेस गरी लिने निकासा, निर्देशन वा सल्लाह।
- कुनै कामकुराबारे साध्ने वा सोध्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)