साध्नु
स.क्रि. [सं. साध्+नु]
- लामो समयसम्मको साधनाद्वारा मन्त्र, विद्या आदिको सिद्धि प्राप्त गर्नु।
- लामो प्रयास र साधनाद्वारा दुस्साध्य वस्तुलाई वशमा पार्नु; अधीनमा ल्याउनु।
- नियमपूर्वकको प्रयास र अभ्यासद्वारा सफलता प्राप्त गर्नु; कुनै काम फत्ते पार्नु; सिद्ध गर्नु।
- व्याकरणअनुसार कुनै शब्दको प्रकृतिप्रत्यय देखाई सूत्रहरूका नियमद्वारा प्रचलित रूप बनाउनु।
- कुनै विषयसँग सम्बन्धित सिद्धान्तलाई नियमानुसार प्रमाणित गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)