सार्क
ना. [अं.]
- साउथ एसियन एसोसियसन फर रिजनल कपरेसनको सड्क्षिप्त रूप; आपसी सहयोग, समझदारी र सद्भावनाका माध्यमबाट क्षेत्रीय सम्बन्धको विकास गर्ने उद्देश्यबाट दक्षिण एसियाका सात देश (भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिब्स) को सहभागितामा ऐतिहासिक प्रथम शिखर सम्मेलनद्वारा वि. सं. २०४२ मा संस्थापित काठमाडौँ सचिवलय रहेको अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)