सार्वभौम

वि. [सं.]

  1. सम्पूर्ण भूमिसँग सम्बन्धित; सबै पृथ्वीको।
  2. कुनै एक राष्ट्रअन्तर्गतको यावत् भूमिसम्बन्धी; राष्ट्रको भूभागसँग सम्बन्धित।
  3. सम्पूर्ण पृथ्वीको मालिक; चक्रवर्ती; सम्राट्।
  4. उत्तर दिशामा रहेको दिग्गज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)