सिँगडा
ना. [सं. शृङ्गाटक]
- तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरुख; सिङडा।
- त्यसैको फल; पानीफल।
- सिँगडाको फल जस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)