सिँच्नु

स.क्रि. [सं. सिञ्च+नु]

  1. पानी छर्कनु; सेचन वा अभिषेक गर्नु; छम्कनु; सिच्नु।
  2. बालीनालीमा कुलो वा अन्य कृत्रिम तरिकाले पानी पुर्‍याउने काम गर्नु; बोटबिरुवामा पानी छम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)