सिउँडी

ना. [सं. सेहुण्ड]

  1. मसिना पाटापाटा परेका फूल फुल्ने, तीन वा तीनभन्दा बढी पाटा परेका हरिया डाँठ हुने, डाँठका टुप्पामा मात्र बाक्लो पात हुने र दुध निस्कने काँडादार बोट; स्यूँडी; सिहुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)