सिउर
ना. [प्रा. सिहर? सं. शिखर]
- मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर।
- कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो।
- कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)