सिक्नु

स.क्रि. [प्रा. सिक्ख+नु]

  1. अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूद्वारा ज्ञान हासिल गर्नु।
  2. शिक्षा प्राप्त गर्नु; अध्ययन गर्नु; पढ्नु।
  3. अभ्यास गर्नु; रट्नु; घोक्नु।
  4. देखासिकी गर्नु; सिको गर्नु; नक्कल गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)