सिद्धान्त

ना. [सं.]

  1. विचार, तर्क र अनुभवद्वारा स्थापित मत; प्रमाणित विचार शृङ्खला।
  2. साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्य रूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत।
  3. ऋषिमुनिहरूको मान्य उपदेश।
  4. निचोर कुरो; सारतत्त्व।
  5. कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक आदि सर्वमान्य मत।
  6. निश्चित मतका आधारमा लेखिएको कुनै शास्त्रीय ग्रन्थ।
  7. साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)