सीता
ना. [सं.]
- जोत्दा जमिनमा परेका हलाको डोब।
- मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी।
- पतिव्रताधर्म पालन गर्ने नारी।
- जोतिएको जमिन।
- खेती।
- लक्ष्मी।
- पार्वती।
- आकाशगङ्गाका चार धारामध्ये एक।
- मदिरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)