सुस्केरा
ना. [सुसु+कार+आ]
- कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्वास; सुस्केरो।
- ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिग्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइय्य ध्वनिको सुसेलो।
- हावा, पानी आदि सुसाएको आवाज।
- सर्प आदिको स्याँकस्याँक ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)