सेचन

ना. [सं.]

  1. तरल वस्तुको छर्काइ; छिटाछिटा छर्कने काम।
  2. मन्त्र-उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक।
  3. पानीद्वारा गरिने सिँचाइ।
  4. पुरुष र स्त्रीका सम्भोगक्रियामा प्रजननशील जीवाणुकोषको संयोग हुने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)