सेवन
ना. [सं.]
- सुस्वास्थ्यका निम्ति औषधी प्रयोग गर्ने काम।
- पुरश्चरण; उपासना।
- सत्सङ्ग, तीर्थ, देवस्थल आदिमा सधैँ बस्ने वा जाने काम; देवार्चन।
- सेवा गर्ने काम; सेवाकार्य; परिचर्या।
- पालन; पालना।
- नियमपूर्वक गरिने प्रयोग; अभ्यास।
- उपभोग; उपयोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)