सेवी

वि. [सं.]

  1. सेवा वा टहल गर्ने; सेवक।
  2. उपभोग गर्ने; सेवन गर्ने।
  3. आराधक; उपासक।
  4. कुनै शब्दका पछिल्तिर लागि त्यस वस्तुको सेवा गर्ने वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै-मदसेवी, ईश्वरसेवी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)