सैँतिस

ना. [प्रा. सत्ततिसइ< सं. सप्तत्रिंशत्]

  1. तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७-को अङ्क।
  2. उक्त सङ्ख्या वा अङ्क बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)