स्थापन/स्थापना

ना. [सं.]

  1. कुनै वस्तुलाई दृढतापूर्वक खडा गर्ने, राख्ने, जोड्ने वा जमाउने काम।
  2. सङ्घ, संस्था, देवालय, सामाजिक सङ्गठन आदि खडा गर्ने काम।
  3. तथ्य र प्रमाणका आधारमा कुनै मत, सिद्धान्त आदिको स्थापना गर्ने काम।
  4. भर्ना गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)