स्थूल
वि. [सं.]
- आकारका दृष्टिले विशाल; ठुलो।
- अत्यन्त अग्लो; लामो।
- मोटो।
- रूपडाल नमिलेको; भद्दा।
- वेदान्तदर्शनमा शरीरको अवस्था र जन्मजन्मान्तरका तहको व्याख्या गरिने स्थूल, सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्य झैँ पाँचवटा तहमध्ये पहिलो तहको; जड; अन्नमय कोश; गोचर पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)