स्याउँस्याउँ

क्रि.वि. [अ.मू. स्याउँ (द्वि.)]

  1. घाउखटिरा वा कुनै सडेगलेका वस्तुमा मसिना किरा परेर वा उब्जेर सलबलाउने किसिमले; औँसा, कमिला आदि मसिना कीटाणुहरू एकनाससित रगरगाउने गरी; सिलिङबिलिङ।
  2. धेरै मानिस विशेषतः केटाकेटीहरू एकै ठाउँ जम्मा भएर चलमलाउने वा यताउति गर्दै चलिरहने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)