स्वतन्त्र
वि. [सं.]
- अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन।
- अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको (जस्तो- स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि)।
- कुनै नियम-विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो- स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि)।
- अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)