स्वागत
ना. [सं.]
- अतिथि, मान्य जन वा प्रिय व्यक्ति आउँदा अगाडि लम्केर गरिने अभिनन्दन।
- कुनै औपचारिक सभा समारोहमा त्यसरी नै गरिने अभ्यर्थना।
- कसैको विचार, कथन आदिलाई अनुकूल वा उत्तम ठानेर ग्रहण वा स्वीकार गर्ने भाव वा क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)