हँ

वि.बो. [सं. हुम्]

  1. प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द; हइ।
  2. आश्चर्य, विस्मय, जिज्ञासा, स्मृति आदि प्रकट गर्दा मुखबाट अकस्मात् निस्कने शब्द।
  3. कुराकानीका अवसरमा केही कुरो नसुनी वा स्पष्ट नभई दोहोर्‍याउन जोड दिने शब्द।
  4. शारीरिक दुःख, पीडा आदिमा शरीरबाट निस्कने शब्द; अँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)