हबलो

ना. [होभलो]

  1. केही नेपाली ब्राह्मण परिवारहरूमा भाद्र शुक्ल अष्टमीका दिन ढड्याएको बिरौँला काँचै दूर्वादेवीलाई चढाएर त्यसको प्रसाद खाने एक चाड; दूर्वाष्टमी पर्व।
  2. त्यही अवसरमा चढाइएको केराउ, सिमी आदिको भिजेको दाना; क्वाँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)