हर्र
क्रि.वि. [अ.मू. हर्+र]
- रोकिएको हावा एकाएक वेगसित बहने गरी; उखुम गर्मी भएको वेला हावा सर्सराएजस्तो गरी।
- हावा चले जस्तै एकाएक आउने वा जाने गरी; उड्ने वा वेगसित दौडने चालले।
- अकस्मात् पानी पर्ने गरी।
- दन्केर आगो बल्ने किसिमले।
- बाख्रा, भेडा आदिलाई बोलाउँदा भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)