हर्रो

ना. [प्रा. हरडइ> सं. हरीतकी]

  1. ठुलठुला पात हुने, मञ्जरीका रूपमा ससाना निला फूल फुल्ने तथा छोहोराका आकारका टर्रा फल फल्ने एक जातको बोट।
  2. आयुर्वेदमा रेचक, वात-पित्त-कफनाशक, आँखालाई फाइदा गर्ने, अग्निवर्द्धक र बुद्धिवर्द्धक भनी बताइएको त्यसैको टर्रो स्वादको फल; त्रिफलामध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)