हस्तान्तर/हस्तान्तरण
ना. [सं.]
- कुनै वस्तु अरूका हातमा दिने काम; हातेसारी।
- आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम।
- बेचबिखन।
- सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिलखारिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)