हाँक्नु
स.क्रि. [प्रा. हक्कार+नु]
- शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिनु; ललकार्नु।
- हैकम चलाउनु; अह्राउनु।
- हिम्मतका साथ कुनै गौरवपूर्ण कामलाई अगाडि बढाउनु; आँट गर्नु।
- मोटर, बग्गी, वायुयान आदि सवारी चलाउनु।
- चमर; पङ्खा आदि हल्लाएर हावा निकाल्नु; हम्कनु।
- फुर्माएर वा बढाई-चढाईकन कुरा गर्नु; गफ चुट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)