हाड
ना. [सं. हड्ड]
- मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी।
- ओखर, काजु, बदाम आदि फलको कडा खपटो।
- आँप, मुला आदि छिपिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)