हात
ना. [प्रा. हत्थ]
- शरीरको कुमदेखि औँलाका टुप्पासम्मको अवयव; कुहुनादेखि वा हर्थुङ्गादेखि औँलासम्मको अङ्ग; बाहुली; बाहाँ; बाहु; हस्त।
- कुइनादेखि माझी औँलाको टुप्पासम्मको लामो नापो; आधा गजको परिमाण।
- अख्तियार; अधिकार; पहुँच।
- तास, कौडा आदि खेलको पटक; चोटि।
- दुई बित्ताको; आधा गज नापो भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)