हान्नु
स.क्रि. [सं. हन्+नु]
- हातहतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु।
- काठ, ढुङ्गा आदिमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु; ठोक्नु।
- घडी, घण्टा आदि बजाउनु।
- दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि छाड्नु वा पैसा हार्नु।
- स्त्रीसमागम गर्नु।
- अर्काले उठाउने लाभमा हानि पुर्याएर आफ्नो लाभ वा हुँदो गराउनु।
- छिटै हिँड्नु; टाढा मिल्काउनु वा आफल्नु (जस्तो- वेग हान्नु, ढुङ्गा हान्नु, जाल हान्नु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)