हास

ना. [सं.]

  1. हाँस्ने काम; हाँसो।
  2. उपहास; ठट्टा; दिल्लगी।
  3. साहित्यमा हास्यरसको स्थायी भाव (यसका छ भेद छन्-स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित)।
  4. हास्यरस।
  5. फक्रने वा फुल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)