हाहा

ना. [सं. हा (द्वि.)]

  1. चर्को स्वर गरेर हाँस्दा मुखबाट निस्कने आवाज; चर्को हाँसो।
  2. अरू कसैको निन्दा वा उपहास।
  3. धेरै जनाको वेदनायुक्त आवाज; कोलाहल; हाहाकार।
  4. ठुलो चोट; ज्यादै कष्ट; विपत्ति।
  5. अत्त्याउने वा आत्तिने काम; डोहो; आच्छुआच्छु।
  6. चराचुरुङ्गी आदिलाई धपाउने काम।
  7. कुनै अभद्र काम नगर्न सम्झाउने शब्द।
  8. अर्काको भनाइमा विना-सोचविचार लाग्ने काम; बहकाउ; लहैलहै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)