हुनु
अ.क्रि. [प्रा. हु+नु]
- विद्यमान रहनु; मौजुद रहनु।
- बन्नु; निर्माण गरिनु।
- रूप वा स्थिति बदलिनु; एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु।
- कुनै घटना वा व्यवहार प्रत्यक्ष रूपमा आउनु।
- रोग, व्याधि आदिले सताउनु।
- ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु।
- अनुमति, अनुकूलता, स्वीकृति, स्वभाव आदिको भाव जनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)