हृदय

ना. [सं.]

  1. प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिँजाउने मांसकोश; मुटु।
  2. अन्तरात्मा; अन्तःकरण; चित्त; मन।
  3. असल र खराब छुट्ट्याउने शक्ति; विवेक।
  4. कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य।
  5. ज्यादै प्यारो व्यक्ति।
  6. कोमल भावना; भावुकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)