है
वि.बो.
- कतै टाढाबाट बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द; हँ।
- जे भन्ने हो, भनिसकेपछि विशेष अनुनय वा प्रार्थना जनाउन वाक्यका अन्तमा प्रयोग गरिने शब्द। (उदा.- तिमी त साँच्चै लोभी रहेछौ है)।
- सावधान हुँदा वा कुनै काम कुराको मन्जुरी गराउँदा भनिने शब्द। (उदा.- यस्तो काम नबिर्सीकन गरिदिनू है)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)