अँगाल्नु
स.क्रि. [अँगालो+नु]
- स्नेह वा आत्मीयता जनाउन कसैलाई दुई हातले च्यापेर छातीमा टाँस्नु; निकटता देखाउन परस्परमा अँगालो मार्नु; अङ्कमाल गर्नु।
- कुनै कामकुरा वा पेसालाई ग्रहण गर्नु; लिनु। (उदा. उनले शिक्षकको कार्य अँगाले।)
- सहायता गर्नु; पक्ष लिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)