अंश
ना. [सं.]
- भाग; हिस्सा; खण्ड; टुक्रा।
- दाजुभाइ वा अन्य अंसियारका बिच हुने जायजेथाको भागबन्डा; सो भागबन्डाअन्तर्गतको एक खण्ड।
- गणितमा भिन्नको सङ्ख्या वा अङ्क; वृत्तका परिधिको ३६० भागमध्ये एक भाग।
- मेष, वृष आदि राशिका भोग्यकालको तिस भागको एक भाग।
- चन्द्रमाको सोह्र खण्डमध्ये एक खण्ड।
- संस्थान, निगम, कम्पनी आदिमा अधिकृत पुँजीअन्तर्गत निश्चित रकमको एक हिस्सा।
- सङ्गीतमा रागको विस्तार वा थाट प्रकट हुने स्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)