अकर्न
ना. [फा.]
- मुलुकीखाना आदिमा कुनै कुरा निश्चित समयमा बुझाउँला भनी सर्तसहित अड्डाले गराएको कबुलियतको कागत।
- कार्यालयमा साबिकवाला कर्मचारीले हालवाला वा बहालवाला कर्मचारीलाई आफ्नो जिम्माको सरसामान, कागजात आदि बुझाउँदा बुझ्नेले लेखिदिने कागज; एक किसिमको भरपाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)