अग्नि
ना. [सं.]
- कुनै पदार्थ जलेर ताप, प्रकाश वा ज्वाला पैदा हुने पुञ्ज; द्रुत रूपले हुने प्रज्वलन कार्य वा प्रक्रिया; आगो।
- मुख्य रूपले पाचनक्रिया सञ्चालन गर्ने शारीरिक शक्ति।
- तीनको सङ्ख्या बुझाउने शब्द।
- आग्नेय कोणका स्वामी मानिएका अधिदेवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)