अङ्ग
ना. [सं.]
- कुनै सिङ्गो वस्तु, प्रणाली वा संरचनाका अवयव वा हिस्सा।
- शरीरका भिन्न भिन्न भाग; शरीर; जिउ; आङ।
- भाग; टुक्रा; अंश; खण्ड; घटक; हिस्सा।
- कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश।
- आजको बिहारको भागलपुर क्षेत्रको आसपाससम्म रहेको ठानिने प्राचीन भारतीय जनपद।
- अङ्गुलको ६ गुना बराबरको नाप; ६ अमल बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)