अङ्गरक्षक

ना. [सं.]

  1. कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति।
  2. उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैँ साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया।
  3. बालकहरूको हेरविचार गर्ने ददा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)