अङ्गवाक्य
ना. [सं.]
- मिश्र वाक्यभित्र रहेको, अर्थ बुझाउन अर्को वाक्यको अपेक्षा राख्ने, पूरक वा कारकको रूपमा रहेको उपवाक्य। (जस्तै- 'जसको किताब हो उसैलाई देऊ।' यो मिश्र वाक्यमा 'उसैलाई देऊ' अङ्गी वाक्यको अधीनमा रहेकाले 'जसको किताब हो' उपवाक्य अङ्गवाक्य बनेको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)