अङ्गी वाक्य
ना. [सं.]
- व्याकरणमा मिश्र वाक्यअन्तर्गत अङ्गवाक्यलाई आफूमा मिलाउने मुख्य उपवाक्य। (हिजो मलाई श्यामले 'तँलाई म कोट दिन्छु' भन्यो- यस मिश्र वाक्यमा 'तँलाई कोट दिन्छु' भन्ने अङ्गवाक्य 'श्यामले भन्यो' मुख्य वाक्यको अङ्ग बनेकाले 'श्यामले भन्यो' अङ्गीवाक्य हो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)