अङ्गुर
ना. [फा. अङ्गूर]
- पातलो मिही चिल्लो बोक्रा भएको, ससाना सेता फूल फुल्ने, फिक्का पहेँलो रङ हुने दानादार झुप्पे फल फल्ने एक जातको लहरो;
- त्यसै खाइने वा रसबाट द्राक्षासव, चिनी, रक्सी आदि बनाइने, त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)