अचानु/अचानो

ना. [सं.अञ्चन]

  1. पशु आदि काट्ता हतियारको धार नबिग्रियोस् भनी काटिने पशुको गर्धनमुनि जमिनमा राखिने काठको ठेउको।
  2. मासु आदि काट्ता वा थुँग्दा राखिने काठको ठेउको; थुँगनी।
  3. पशु आदि मार हान्दा अचानाले बेहोर्नु परे जस्तै चोट बेहोर्नु पर्ने स्थिति; त्यस प्रकारको सङ्कट। (उदा.-रामले श्यामसित बदला लिन मलाई अचानु बनायो।) अचानाको चोट खुकुरीले जान्दैन (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)