अचार

ना. [फा.]

  1. मुला, करेला, गोलभेँडा आदि तरकारी, तिल, सिलाम आदि दानादार पदार्थ, निबुवा, कागती, लप्सी, आँप आदि अम्ल पदार्थ आदिलाई काटी, थिची वा पिँधी नुन, खोर्सानी र अमिलो तथा मरमसला र तेल हाली साँधिएको, पकाइएको वा सूर्यपाक गरिएको, भोजनलाई विशेष स्वादिलो बनाउन चाटिने वा खाइने पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)