अजुर
वि. [अ+जुर]
- अमिल्दो; बेमेलेको।
- नजुर्ने; नजुरेको। ना. २. ज्योतिषशास्त्रअनुसार नजुर्ने वा उपयुक्त नठहरिने क्रिया वा स्थिति। (उदा.- जुरअजुर हेरेर मात्र बिहा छिन्ने चलन छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)