अज्ञान

ना. [सं.]

  1. ज्ञान वा बोध नहुने क्रिया, भाव वा स्थिति; ज्ञानको अभाव; ज्ञानको कमी; जानकारीको कमी।
  2. असलखराबको छ्यानविचार गर्ने क्षमता जागृत नरहेको स्थिति; आन्तरिक चेतना जागृत नभएको अवस्था।
  3. मूर्खता।
  4. अविद्या, माया वा मोह जसले गर्दा जीवले परब्रह्मसँग आफ्नो भिन्नता अनुभव गरी मिथ्या जगत्लाई वास्तविक ठानेको हुन्छ र त्यो हटेपछि मात्र जीव ब्रह्मसँग आफ्नो अभेदको अनुभव गर्न र मुक्त हुन सक्छ भनिन्छ।
  5. ज्ञान नभएको; अजान; मूर्ख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)