अझ

क्रि.वि. [प्रा. अज्ज? सं. अद्य]

  1. अहिलेसम्म; अद्यापि। (उदा.- राम अझ आएको छैन। अझ त्यो कुरा रहस्यमय नै रहेको छ।)।
  2. फेरि पनि; अब पनि; अरू पनि। (उदा.- उसले हप्काए पनि अझ उसलाई भेट्ने रहर छ; मलाई अझ पढ्ने रहर छ।)।
  3. तैपनि; त्यसो भए पनि; त्यति हुँदाहुँदै पनि। (उदा.- मैले कति सम्झइ सकेँ; ऊ अझ मान्दैन।)।
  4. झन्। (पुरस्कार पाएपछि ऊ अझ उत्साहित छ।)।
  5. अटेरलाई सम्झाउँदा वा हप्काउँदा प्रयोग गरिने शब्द। (के गरेको? अझ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)